नियम १०
बढुवाको लागि दरखास्त आहृवान
(१) बढुवा समितिले नियम ८ को उपनियम (२) बमोजिम केन्द्रबाट पदपूर्तिको लागि माग भई आएपछि बढुवाको लागि दरखास्त आहृवान गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम बढुवाको लागि दरखास्त आहृवानको सूचना प्रकाशन गर्दा त्यस्तो सूचनामा रिक्त पद संख्या, दरखास्त दिने म्याद, दरखास्त दस्तुर, दरखास्त पेश गर्नु पर्ने स्थान, दरखास्तको ढा“चा, दरखास्तसाथ संलग्न गर्नु पर्ने कागजात लगायत अन्य आवश्यक विवरण समेत खुलाउनु पर्नेछ ।